 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारबापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सबै सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो । कोरोना महामारीको समयमा बिरामीको उपचारबापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएपछि मन्त्रालयले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सूचनामा ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र त्यसको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्यसूची सञ्चालक समितिबाट निर्णय गराई वेबसाइट वा सूचना पार्टीमा सार्वजनिक गर्न भनिएको छ। ‘बिरामीको उपचारबापत लाग्ने रकमबारे जानकारी पाउनु प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानुनी एवं नैतिक कर्तव्य हो’, सूचनामा भनिएको छ।
उक्त मूल्यसूचीको विवरण स्वास्थ्य संस्था सञ्चालनको इजाजत दिने निकायमा पठाउन पनि निर्देशन दिइएको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19