 
                     
                                
                             
                                    काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक सातायता कोरोना संक्रमण दर फेरि बढेको जनाएको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकिछिपी र खुलमखुल्ला रुपमा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन भइरहेका कारण संक्रमण बढेको जनाएको छ। निषेधाज्ञा खुकुलो भएको यो एक साताको अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको विज्ञप्तिमा जनाइएको छ। ‘अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्’, विज्ञप्तिमा उल्लेख छ, ‘२६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन्। संक्रमणको जोखिम अझै बढिरहेको छ।’
खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको मन्त्रालयको ठहर छ। ‘त्यसैले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने संकेत मन्त्रालयले गरेको छ। त्यसैले सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न मन्त्रालयले आग्रह गरेको छ।
संक्रमणको जोखिम बढिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19