काठमाण्डौ। युुरोपमा यतिबेला कोरोनाले आतंक मच्चाइरहेको छ। युुरोप कोरोनाको गढजस्तै बनेको छ। कोरोना नियन्त्रण र रोकथामका लागि युुरोपका इटली, स्पेन, बेलायतजस्ता देशहरुले कडा लकडाउन गरेका छन्।
युरोपकै एउटा देश स्विडेनले आफ्ना जनतालाई कोरोना नियन्त्रणका लागि आफैँ जिम्मेवार हुुन आह्वान गरेको छ। कोरोना नियन्त्रणका लागि स्विडेन सरकारले केवल निर्देशिकामात्रै जारी गरेको छ। सरकारको निर्देशनबमोजिम मानिसहरु घरमै बसिरहेका छन्। केही मानिसहरु गर्मी मौसमको आनन्द उठाउन बाहिर निस्किरहेका छन्।
के स्विडेनको यो खुुकुुलो नियम कोरोना नियन्त्रण र रोकथाम गर्न प्रभावकारी शिद्ध होला त ?
चिसो मौसमको लामो अवधिपछि स्विडेनमा अहिले गर्मीको आगमन भएको छ। जसले गर्दा मानिसहरु गर्मीको आनन्द उठाउन घरबाहिर निस्किरहेका छन्।
राजधानी स्टकहोममा मानिसहरु घरबाहिर निस्किरहेको देख्न सकिन्छ। स्टकहोममा रहेको मारियाटार्गेट स्क्वायरमा रहेको वाइकिङ गार्ड थोरको विशाल मूर्ति तल परिवारहरु आइसक्रिम खाइरहेका देखिन्छन्। स्टकहोमका सडकमा मानिसहरु ह्याप्पी आवर बबल्सको आनन्द लिइरहेका देखिन्छन्।
गत साता सहरको अरु ठाउँमा नाइट क्लबहरु पनि खुुला रहेका थिए। तर आइतबारदेखि सरकारले ५० जनाभन्दा बढीलाई भेला हुुन रोक लगाएको छ। छिमेकी देश डेनमार्क र बेलायतको तुुलनामा यो संख्या धेरै हो। डेनमार्कमा १० जनाभन्दा बढीलाई भेला हुुन प्रतिबन्ध लगाइएको छ। उता बेलायतमा भने घरबाट बाहिर निस्कन पूर्ण रुपमा बन्देज लगाइएको छ।
स्विडेनको सडकमा सामान्यभन्दा बढी नै शान्ति छ। स्टकहोमको सार्वजनिक यातायात कम्पनी एसएलका अनुुसार गत साता सबवे तथा रेलमा यात्रा गर्ने यात्रुुको संख्यामा ५० प्रतिशतको गिरावट आएको छ। आधीभन्दा बढि मानिस घरमै बसेर कार्यालयको काम गरिरहेका छन्। आउँदा दिनमा यो संख्या ९० प्रतिशतसम्म पुुग्न सक्ने त्यहाका कम्पनीहरुले बताएका छन्।
स्विडेन सरकार कोरोना रोकथामका लागि जनतालाई जागरुक र जिम्मेवार बनाउने रणनीति लिएको छ। स्वास्थ्य अधिकारीहरु र राजनेताहरुले पनि कुुनै कठोर कदम नचालीकन कोरोना नियन्त्रण गर्न सकिने विश्वास लिएका छन्।
कोरोना नियन्त्रणका लागि कठोर नियमभन्दा पनि निर्देशिकाहरु जारी गरिएका छन्। सरकारले बिरामी र वृद्धवृद्धालाई घरमै रहन भनेको छ। यसका साथै नियमित हात धुुन र यात्रा नगर्न र घरमै बसेर काम गर्न सुुझाव दिएको छ।
स्विडेनमा अहिलेसम्म ३ हजार ५०० जनामा कोरोना भेटिएको पुुष्टि भइसकेको छ भने मर्नेको संख्या पनि १०५ पुुगेको छ।
प्रधानमन्त्री स्टिफन लोफ्वेनले गत साता देशको नाममा गरेको सम्बोधनमा जनतालाई परिपक्व व्यवहार गर्न, नआत्तिन र त्रास नफैलाउन आग्रह गरेका थिए। यसका साथै उनले संकटको यो घडीमा कुुनै पनि नागरिक एक्लै नभएको र कोरोना रोक्न सबैको समान जिम्मेवारी भएको बताएका थिए।
स्विडेनको एक सर्वेक्षण कम्पनी नोवसले स्विडेनभर गरेको सर्वेक्षणले अधिकांश जनताले प्रधामन्त्रीले गरेको सम्बोधनलाई सर्मथन गरेका छन्।
अर्काेतर्फ स्विडेनका जनताले स्विडेनका सरकारी अधिकारीहरुप्रति भरोसा देखाएका छन्। जसका कारण स्विेडेनका जनताले सरकारले जारी गरेको निर्देशिकाहरु पालना गरिरहेका छन्।
भूमध्यसागरीय देशहरुभन्दा ठिक उल्टो स्विडेनका आधीभन्दा बढी घरमा एकजनामात्रै बस्ने गर्दछन्। जसले गर्दा परिवारमा कोरोना संक्रमण फैलने सम्भावना एकदमै कम हुुने गर्दछ।
स्विडेनका जनता प्रायः बाहिर निस्कन मन पराउँछन्। सरकारी अधिकारीका अनुुसार यसले गर्दा उनीहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सहयोग पुुगिरहेको छ।
स्विडेन सरकारले कोरोना नियन्त्रणका लागि लिएको खुुकुुलो रणनीतिको केही जनताले भने विरोध गरिरहे्का छन्। सरकारको यस्तो रणनीतीले कोरोना संक्रमणले झनै विकराल रुप लिन सक्ने उनीहरुले बताइरहेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago