काठमाण्डौ । स्विडेनका १४ जनामध्ये एकजनामा मात्रै कोरोनाभाइरसविरुद्धको एन्टीबडी भेटिएको एक अध्ययनले देखाएको छ।

यसअघि एक अनुुसन्धानले लकडाउन गरिएका देशकै हाराहारीमा स्विडेनमा सामुुदायिक प्रतिरोधात्मक क्षमता देखिएको भन्ने तथ्य सार्वजनिक गरेको थियो। अन्य देशको विपरीत स्विडेनले कोरोनाको नियन्त्रण र रोकथामका लागि कडा लकडाउन गरेको छैन। 

स्विडेन सरकारले जनताहरुलाई कोरोनाको नियन्त्रणका लागि स्वयं जिम्मेवार हुुनुुपर्ने जनाएको छ। 

स्विडेनको एक अध्ययनले अप्रिल महिनासम्म राजधानी स्टकहोमका ७.३ प्रतिशतमा मात्रै कोरानाको एन्टीबडी विकास गरेको तथ्य सार्वजनिक गरेको छ। स्विडेनमा लकडाउन नगर्ने विवादास्पद नीति लागू गर्ने र यसको साटो स्वेच्छिक उपायहरु लागू गर्न महामारी प्रमुुख एन्डर्स टेग्नेलले सिफारिस गरेका थिए। स्वेच्छिक उपायहरुअनुुसार मानिसहरुको गतिविधिमा रोक लगाउनुु र व्यापार–व्यवसाय बिन्द गर्नुुकोे साटो त्यहाँ सबै कुुराहरु खुुला गरिएको थियो। 

कोरोनाबाट मृत्युु हुुने दर उच्च रहे पनि स्विडेनको मृत्युदर अझै पनि केही युुरोपेली देशहरुजस्तै बेलायत, फ्रान्स र इटलीकोभन्दा कम रहेको छ। यी देशहरुले कोरोनाको नियन्त्रण र रोकथामका लागि कडा लकडाउन लागुु गरेका थिए। 

स्विडेनका स्वास्थ्य अधिकारीहरुले अहिले यहाँ कारोनाको प्रकोप कम हुँुदै गएको र सघन उपचार कक्षमा उपचार गर्नुुपर्ने बिरामीको संख्या अप्रिल महिनाको अन्त्यसम्म एक तिहाइले घटेको बताएका छन्। तर बितेको एक सातामा स्विडेनमा युुरोपभरिमै कोरोनाबाट प्रतिव्यक्ति मृत्युु हुुने संख्या सबैभन्दा धेरै रेकर्ड गरिएको छ। – एजेन्सी