काठमाण्डौ । बजारमा हकप्रदको बाढी आउँदैछ । पूँजीवृद्धिको चटारोका कारण १० बैंक तथा बित्तीय संस्था र एउटा हाइड्रोपावर कम्पनीले लाखौं कित्ता हकप्रद बिक्री खुल्ला गरेका छन् । बिक्री खुल्ला भएका कतिपय कम्पनीको दोश्रो बजारको सेयर मूल्य आकर्षक छ भने कतिपयमा भने थोरै मूल्य हुँदा हुँदै पनि हकप्रद खरिद गर्नुपर्ने बाध्यता लगानीकर्तामा छ। 

यी ११ कम्पनीमध्ये कुनै पनि कम्पनीको तपाई सेयरधनी हुुनुुहुन्छ भने हकप्रद छुट्न सक्छ । यी कम्पनीमध्ये सबैभन्दा ढिलो हकप्रद बिक्रीको समय आरएसडिसी लघुवित्त कम्पनीको छ । यो कम्पनीले आगामी असोज २ गतेदेखि १ बराबर २ को अनुपातमा २३ लाख कित्ता हकप्रद बिक्री गर्दैछ, जसमा आवेदन दिने अन्तिम मिति कात्तिक ५ गतेसम्म मात्र हो । 

सेञ्चुरी कमर्सियल बैंकले साउन १६ गतेदेखि बिक्री खुल्ला गरेको १० बराबर ४ अनुपातको १ करोड ८८ लाख हकप्रद भर्ने म्याद केही दिन थप भएको छ । पहिला यो बैंकको हकप्रदमा भदौ १८ गतेसम्म मात्र आवेदन दिन सकिने भनिए पनि यो मितिलाई केही बढाइएको छ । 

यस्तै, साउन २७ गतेदेखि १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ५० हजार कित्ता हकप्रदको बिक्री खुल्ला गरेको सानिमा माई हाइडोपावर कम्पनीको हकप्रद समेत छुट्न सक्छ । कारण, यो कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम म्याद गुज्रिन अब ११ दिन मात्र बाँकी छ । अर्थात, यो कम्पनीको हकप्रदमा सेयरधनीले भदौ २९ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

यस्तै, मुक्तिनाथ विकास बैंकले समेत १० बराबर ४ को अनुपातमा भदौ ४ देखि ६१ लाख ७० हजार ८  सय ६५ कित्ता हकप्रदको बिक्री खुल्ला गरेको थियो । यो बैंकका सेयरधनीले आगामी असोज ८ गतेसम्म हकप्रद सुरक्षित गरिसक्नुपर्नेछ । 

भदौ ६ गतेदेखि बिक्री खुल्ला भएको अरुण फाइनान्सको १५ लाख कित्ता हकप्रदमा ९ असोजभित्र आवेदन दिइसक्नुुपर्नेछ भने २ बराबर १ को अनुपातमा ३ लाख ५० हजार ८ सय ८० कित्ता हकप्रद निश्कासन गरेको काबेली विकास बैंकका सेयरधनीले आगामी असोज २१ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

भदौ १८ गतेदेखि सिन्धुु विकास बैंकले १० बराबर ८ को अनुपातमा २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद निश्कासन गर्दैछ, यो कम्पनीका सेयरधनीले हकप्रद सुरक्षित गर्न तोकिएको स्थानमा गई असोज २२ भित्र आवेदन दिइसक्नुुपर्नेछ । 

यस्तै, आगामी भदौ २७ गतेदेखि मेगा बैंक लिमीटेडको ६५ प्रतिशत हकप्रद समेत निश्कासन हुँदैछ । यो कम्पनीले २ लाख ९७ लाख ८५ हजार ३४ कित्ता सेयरको बिक्री खुलाएको हो । यो बैंकको सेयर सुरक्षित गर्न असोज ३० गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

भदौ २७ गतेदेखि नै जनरल फाइनान्सले समेत १२५ प्रतिशत हकप्रद निश्कासन गर्दैछ । १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रदका लागि असोज ३० गतेभित्र तोकिएका स्थानमा सेयरधनीले आवेदन दिइसक्नुुपर्नेछ । 

आगामी असोज १ गतेदेखि जेबिल्स फाइनान्सले समेत १ बराबर १ को अनुपातमा कुल २८ लाख ८९ हजार ५ सय ६२ कित्ता सेयरको बिक्री खुलाउँदैछ । असोज १ गतेदेखि खुल्ने यो कम्पनीको हकप्रद सुरक्षित गर्न कात्तिक ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आगामी भदौ २९ गतेदेखि १ बराबर १ को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ७ लाख २५ हजार कित्ता हकप्रद निश्कासन गर्दैछ । यो कम्पनीको हकप्रद सुरक्षित गर्न सेयरधनीले कात्तिक १ गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

यस्तै, आगामी असोज २ गतेदेखि आरएसडिसी लघुवित्तले १ बराबर २ को अनुपातमा कुल २३ लाख कित्ता सेयरको बिक्री खुलाउँदैछ । यो कम्पनीको सेयर सुरक्षित गर्न कात्तिक ५ गतेभित्रमा तोकिएको स्थानमा गई आवेदन दिइसक्नुुपर्नेछ । यो कम्पनीको १६ भदौमा बुक क्लोज भएको थियो ।