stable market
काठमाण्डौ । सेयर बजारमा बिमा कम्पनीहरुको दबदबा कायमै छ । बिमा समितिको नयाँ निर्देशनपछि चुक्तापूँजी बढाउने होडबाजीमा रहेका बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयरको बाढी ल्याउने गरी पूँजीवृद्धि योजना बुुझाएका खबरका कारण बजारमा बिमाको दबदबा बढेको हो।
बिमा कम्पनीका सेयरको खरीदबिक्री बढेकै कारण कारोबार रकम आइतबार समेत एकअर्ब नाघेको छ । नेप्से परिसूचकमा झिनो अंकको गिरावट आयो । ०.१९ अंकले घटेर परिसूचक १६३५.५६ विन्दूमा झरेको छ ।
वाणिज्य बैंक र बिमा केन्द्रीत नेपाली सेयर बजारमा यी दुुई समूहको सूचक एकसाथ बढ्दा मात्र बजार परिसूचकले फड्को मार्छ । तर, साताको पहिलो कारोबार दिन आइतबार बिमा समूहको सूचक ३ प्रतिशत बढीले वृद्धि हुँदा बैकिङ समूहमा भने १४.३६ अंकको गिरावट देखियो । यहीकारण समेत परिसूचकमा चाहि अपेक्षित सुधार हुनसकेन । बिमा समूहमा चाहि २७५.४४ अंकको बढोत्तरी भयो ।
यस्तै, होटल समूह ४.३४, विकास बैंक १.५६ र उत्पादनमूलक १६.९१ अंकले बढे । उता, जलविद्युत २.११, बित्त समूह ४.९८ र अन्य समूह ०.८७ अंकले घटे ।
'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.४४ अंक र समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.२ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ५१ कम्पनीका १५ लाख ४१ हजार १ सय ८३ कित्ता सेयर १ अर्ब ४ करोड ८३ लाख ६८ हजार ४ सय ७८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी ६ करोड ८३ लाख बढीको नेपाल लाइफ इन्स्योरेन्सले कारोबार गर्यो । नेको इन्स्योरेन्सले ४ करोड ९३ लाख, सानिमा माई हाइड्रोले ४ करोड ५४ लाख, प्रभू इन्स्योरेन्सले ४ करोड ५० लाख, नेपाल इन्स्योरेन्सले ३ करोड ९८ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ८४ लाख बढीको कारोबार गरे । यस्तै, फरवार्ड माइक्रो फाइनान्सले ३ करोड ४७ लाख, प्रूूडेन्सियल इन्स्योरेन्सले २ करोड ८१ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ८० लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान बिमा कम्पनी, एक स्थान वाणिज्य बैंक, एक स्थान जलविद्युत कम्पनी र एक स्थान माइक्रो फाइनान्सले ओगटे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजार स्थिर हुँदा समेत तीन कम्पनीले कुस्त कमाए । हाम्रो विकास बैंक र कुुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो भने हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्यमा ९.२० प्रतिशतले वृद्धि भयो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य ७.२९ प्रतिशतले बढ्यो ।
यो दिन रिलायन्स फाइनान्सले सबैभन्दा बढी गुमायो । यो कम्पनीको मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ४.२८ प्रतिशतले घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago