काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासनको अनुमति पाएको १ः२ अनुपातको हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको छ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासनका लागि भदौ १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ ११ गतेसम्म कायम सेयरधनीहरुमात्र हकप्रद खरिदका लागि योग्य हुनेछन्।

यो कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत मंगलबार हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो। यो अनुमतिसँगै अब कम्पनीले चुक्तपुँजी १८ करोड १९ लाख रुपैयाँको २०० प्रतिशतले हुन आउने हकप्रद निष्कासन गर्नेछ। 

कम्पनीले १०० रुपैयाँ अंकित ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद निष्कासन गर्नेछ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५४ करोड ५९ लाख रुपैयाँ बढी हुनेछ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।