काठमाण्डौ । आगामी आर्थिक वर्षदेखि विभिन्न सूचिकृत कम्पनीका लगानीकर्ताले आफ्नो हक भन्दा पनि बढी हकप्रद सेयर खरीदका लागि आवेदन दिन पाउने भएका छन् । 

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै यो कुरा प्रष्ट पारेको हो । 

हकप्रद निश्कासनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन पाउँछन् । तर, अब लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिनसक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याइने बोर्डले जनाएको छ ।