काठमाण्डौ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोशेली योजना सार्वजनिक गरेको छ।
उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकलाई डेबिट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सीम कार्ड, यूएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। यसका साथै ग्राहकले लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्नेछन्।
यसैगरी ग्राहकले पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेनन्। यो योजना भदौ १ देखि भदौ १५ गतेसम्म लागू हुनेछ। यसका साथै क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुनेछ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19