काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकमा पूर्ण लकडाउन गरेको छ।
लकडाउनका बेला आंशिक रुपमा खाद्य तथा तरकारी पसल खुल्ने गरेका छन्। यतिबेला मुलुकका करिब ९५ प्रतिशत मानिस घरभित्र छन्। अत्यावश्यकबाहेक सबै कार्यालय, स्कुल, कलेज बन्द छन्।
लकडाउनकै बेला दैनिक उपभोग्य वस्तु जोहो गरिसकेका उपभोक्ता यतिबेला हरियो सागसब्जीको भाउ अचाक्ली बढ्दा तनाव छन्। यतिबेला तकारीका रुपमा हरियो सागब्जीको माग बजार बढेको छ। यही बेला हरियो सागब्जीको भाउ दोब्बर बढीले आकासिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिको पछिल्लो गत महिनाको मूल्य र अहिले मूल्य हेर्दा हरियो सागसब्जी छोइनसक्नु भएको छ।
सबैभन्दा बढी गोलभेँडाको भाउ १११ प्रतिशतदेखि १७१ प्रतिशतसम्म बढेको छ। एक महिनाअघि प्रतिकेजी ३५ रुपैयाँमा पाइने सानो गोलभेडा (टनेल र तराई) अहिले ९५ रुपैयाँ पुगेको छ। यसमा १७१ प्रतिशतको बढोत्तरी भएको छ।
त्यस्तै ४५ रुपैयाँ प्रतिकेजी पाइने सानो गोलभेडा (भारतीय) १११ प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ।
यसैगरी रायो, पालुंगो, चमसुर, सौफ र तोरीको सागको भाउ पनि ११४.२९ प्रतिशतले बढेको छ। गत महिना ३५ रुपैयाँ प्रतिकेजी पाइने यी साग अहिले ७५ रुपैयाँ पुगेका छन्। ३५ रुपैयाँमा पाइने गान्टे मूल्य पनि प्रतिकेजी ७५ रुपैयाँ पुगेको छ।
बजारमा काउलीको भाउ गत महिनाको तुलनामा ५७.१४ प्रतिशतले बढेको छ। ३५ रुपैयाँ प्रतिकेजी पाइने काउली ५५ रुपैयाँ पुगेको छ। मूलामा पनि ४० प्रतिशत बढ्दै प्रतिकेजी २५ रुपैयाँमा पाइने गरेको अहिले ३५ रुपैयाँ पुगेको छ।
बजारमा आलु, प्याज, लसुनलगायत आन्य तरकारको भाउमा खासै बढोत्तरी भएको छैन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19