 
                     
                                
                             
                                    काठमाण्डौ । देशभर आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ।
देशभर कडा सुरक्षाबीच मतदान कार्य भइरहेको हो। बिहानैदेखि मतदाता र उम्मेदवारले मतदान गरिरहेका छन्।
यसपालिको निर्वाचनमा पुँजीबजार सक्रिय लगानीकर्ताहरु पनि उम्मेदवार बनेका छन्।
पुँजीबजारका अगुवा लगानीकर्ता हरि ढकालले चितवन क्षेत्र नम्बर १ को माधपपुर माविबाट मतदान गरेका छन्। उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।
ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न)बाट चुनावमा होमिएका छन्। ढकालले चितवनमा शान्तिपूर्ण तथा उल्लासमय वातावरणमा मतदान भइरहेको बताए।
यसैगरी नेपाल पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोलाले आफ्नो निर्वाचन क्षेत्रबाट लौरो चिह्नमा मतदान गरेका छन्। बास्तोला भक्तपुर क्षेत्र नं. १ (क)का प्रदेशसभा उम्मेदवार हुन्।
बास्तोलाले चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित गणेश मावि स्कुलबाट मतदान गरेका छन्। उनले आफ्नो क्षेत्रमा अहिलेसम्म शान्तिपूर्ण र सौहाद्रपूर्ण रुपमा मतदान कार्य भइरहेको जानकारी दिए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19