काठमाण्डौ । नीलम ढुुंगाना तिम्सिना नेपाल राष्ट्र बैंककी पहिलो महिला डेपुुटी गर्भनर हुन्। अथाहा मेहनत र संघर्षपछि स्वायत्त निकाय राष्ट्र बैंकको महिला डेपुुटी गर्भनरजस्तो उच्च पदमा पुग्न उनी सफल भएकी छन्। उनी आममानिसको प्रेरणाको एउटा बलियो स्रोत बनेकी छिन्। 

जीवनमा उत्तिकै खटन र धैर्य गर्न सक्ने क्षमताका कारण हरेक चुनौतीलाई तिम्सिनाले चुनौती दिएकी छिन्। आर्थिक तथा वित्तमा खास दख्खल राख्ने उनी २०५४ मंसिर २२ गते राष्ट्र बैंकमा अधिकृतका रुपमा प्रवेश गरेकी थिइन्। 

अहिलेसम्म आउँदा तिम्सिनाले तीतामीठा अनुुभव बटुलिसकेकी छन्। आफ्नो भोगाइबारे उनी भन्छिन्, ‘महिलाले हरेक कुरा प्रमाणित गर्नुपर्छ। म क्यापेबल, यो गर्न सक्छु, म योग्य छुु भनेर प्रमाणित गर्नुपर्छ। जब कि पुरुषहरुलाई सुुरुमै अविश्वास गरिँदैन्। कुनै पनि काम गर्नसक्छ भनेर दिइहाल्छन्।’

आज हरितालिका तीज । हिन्दु धर्मावलम्बीको एउटा महत्वपूर्ण पर्व। यो पर्वमा महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्ने गर्दछन्। यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । आज देशभर महिलाहरुले हर्षोल्लासका तीज मनाइरहेका छन्। 
तीजका अवसरमा बिजशालाकर्मी
रेखा चन्द र डेपुुटी गर्भनर नीलम ढुुंगाना तिम्सिनाबीच भएको विशेष कुराकानीको सम्पादित अंशः 

तीज भन्नेबित्तिकै कस्तो सम्झनामा आउँछ ?

– पहिलो कुरा त हरितालिका तीज भन्नेबित्तिक्कै महिलाको चाड हो भन्ने सम्झनामा आउँछ। सानैदेखि आमाहरुले व्रत लिएको, आफूले पनि विवाहपछि व्रत लिएको, तीजको अघिल्लो दिन साँझ ४ बजेतिर खाना खाएपछि फेरि राती ११ बजेतिर आमाहरुले उठेर दर खाएको र खुुवाउनुु भएको याद आउँछ। त्यतिबेला किन दर खानुु वा खुवाउनुु भएको होलाजस्तो लाग्थ्यो। दर खाएको भोलिपल्ट व्रत लिनुुपर्छ। व्रत लिनेहरुको शरीरले थेग्नुुपर्ने भएकाले अघिल्लो दिनको राति ढिलोगरी उठेर दर खाने रहेछन् भनरे आफूले बुुझ्ने भइसकेपछि थाहा भयो।

त्यसैले राति उठेर खानेलाई चाहिँ दर भन्दा रहेछन् भन्ने पनि सम्झनामा आउँछ। आमाहरुको पछि–पछि लागेर शिवालयमा तीज हेर्न जाँदा सबै महिला रङ्गीचङ्गी भएर रातो साडी, पोते, सिन्दूर, चुुरा, गरगहना लगाएर सजिएर आएको देख्दा खुवै रमाइलो लाग्थ्यो। 

पछिल्लो समय आधुनिकताका नाममा भड्किलो तीज मनाएको देखिन्छ। पहिले–पहिलेको तीजमा मौलिकता झल्किन्थ्यो। संस्कृतिलाई जर्गेना गर्ने खालको तीज हुन्थ्यो। तपाइँको विचारमा कुुन तीज राम्रो ?

– त्यतिबेला विवाह गरेर गएको छोरीचेलीलाई माइतीघरमा बोलाएर खुवाउने गरिन्थ्यो। अहिलेको जस्तो होटेलमा वा पार्टी प्यालेसमा दिनँहु भोजहरु गर्ने मासु र मादकपदार्थहरु खाने तथा उत्ताउलो भड्किलो खालको गीतहरु गाउने नाच्ने चलन त्यतिबेला थिएन। त्यतिबेला विवाह गरेका चेलीहरु माइती जान नपाएको, घरमा सासुु, नन्द र आमाजुुहरुले दिएको पीडा गीतमार्फत व्यक्त गर्ने गरिन्थ्यो। दुुःख–पीडा पाएका गीतहरु गाउने नाच्ने चलन थियो। त्यतिबेलाको तीज सादा हुुन्थ्यो, अहिलेको जस्तो भड्किलो हुँदैन्थ्यो। माइतीघर जाने र खुुवाउने प्रचलन थियो। उहिलेको तीज खर्चिलो पनि हुँदैनथ्यो। चेलीबेटीलाई बोलाएर घर मै खाना पकाएर खुवाइन्थ्यो। चेलीबेटीलाई लिन भाइहरु जाने गर्थे। कुनैलाई सासुले बिदा दिन्थे, कुनैलाई दिँदैनथे। 

त्यतिबेला बाहिरको खाना, होटेलमा लगेर खुवाउने हुँदैन्थ्यो। जे हुन्छ घरकै खाना हुन्थ्यो। भोलिपल्ट मन्दिर जाने, निराहार वर्त बस्ने चलन थियो, त्यतिबेला। मन्दिर जानेले मन्दिरमा नभए घरमा पूजा लगाउने चलन थियो। माइतीघर गएरमात्रै तीज मनाउने चलन थियो। 

त्यतिबेलाको तीज पर्वमा सकारात्मक सन्देश लुकेको हुन्थ्यो। तीजको महत्व नै बेग्लै थियो। अर्को भनेको प्राचीनकालमा हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनि निराहार व्रत बसेर आफ्नो बुवाले भगवान विष्णुलाई आफ्नो विवाह गर्दिन खोज्दा पनि त्यसको विरोध, विद्रोह गरेर आफ्नो लक्ष्य प्राप्त गर्न अटल मेहनत, स्वतन्त्रता प्राप्तिका लागि उनले अबिरल प्रयास गरिन् र आफ्नो लक्ष्यमा सफल भएर छोडिन्। 

त्यसले वैवाहिक स्वतन्त्रता, आफ्नो लक्ष्य हासिल गर्न महिलाहरुले निरन्तर प्रयास, धैर्य, मेहनत गरे भनेदेखि त्यो पनि सक्षम हुन्छन् भन्ने पनि त्यो समयको तीजले सन्देश दिन्थ्यो। त्यो सन्देश समयानुकूल छ। पति पाउने कुरामा मात्रै नभएर अरु लक्ष्य हासिल गर्न पनि निरन्तरको मेहनत र संघर्ष आवश्यक छ भन्ने कुरा पनि यो तीजले महिलाहरुलाई सन्देश दिन्छ।

त्योबेला एकदमै रमाइलो लाग्थ्यो। मौलिकता हुन्थ्यो। तीजमा चेलीबेटीलाई नयाँ लुगा हालिदिने र नयाँ लुुगा लगाउने चलन थियो। 

तीज कस्तो हुुुनुुपर्छ ? 

– दरको नाममा दिनहुँको चिल्लो पिरो, मादकपदार्थ खाँदा स्वास्थ्यलाई पनि असर गर्छ। उत्ताउलो र भड्किलो गीतहरु गाउने त्यसले पनि समाजलाई विसंगतितिरै लान्छ। त्यसैले सभ्य किसिमले संस्कृतिको जर्गेना गर्ने हिसाबले तीज मनाउनुपर्छजस्ता मलाई लाग्छ। कम खर्चिलो तीज मनाउनुपर्छ। 

अर्को कुुरा तीजको बेलामा सजग हुनुपर्ने कुुराहरु पनि धेरै छन्। दिनदिनै होटेलमा कार्यक्रमहरु गर्ने, धेरै खर्च गर्ने, महँगा गहना लगाउने, महँगा पोसाक प्रदर्शन गर्ने तीज आउँदैपिच्छे घरमा नयाँ लुुगा गहना किन्न दबाब दिने खालको प्रवृति देखिन्छ। त्यो खालको प्रवृति हुनुहँुदैन भन्ने मलाई लाग्छ। त्यसले समाजमा राम्रो सन्देश दिँदैन। आर्थिक पाटो कमजोर हुनेहरुलाई नकारात्मक भाव पैदा गर्छ। घरपरिवार र समाजलाई प्रेसर फिल हुन्छ। त्यसले गर्दा श्रीमतीलाई राम्रा–राम्रा गरगहना किन्दिनका लागि श्रीमानहरुले अनावश्यक तरिकाले पैसा कमाउनुुुपर्ने दबाब पनि हुन्छ। त्यसैले त्यसले समाजलाई पनि विकृतितिर लान्छ। त्यही भएर त्यसतो गर्नुहुँदैन भन्ने मलाई लाग्छ। 

तीजमा पानी नखाई निराहार व्रत बस्ने चलन छ। यो कतिको ठीक हो ?

– मेरो विचारमा चाहिँ आफ्नो स्वास्थ्य अवस्थालाई हेरेर व्रत बस्नुपर्छ। पार्वतीले निराहार व्रत बसेको भए पनि त्यसलाई हामीले समयसापेक्ष सम्बोधन गर्नुपर्छ। आफ्नो शरीरको अवस्था हेरेर सहन सकिने किसिमले मात्रै व्रत बस्नुुपर्छ। सकिन्छ वा शरीर थेग्छ भने कठोर बसे पनि भयो तर सकिँदैन भने कठोर नै बस्नुपर्छ भन्ने छैन्।

तीजमा आएको परिवर्तनलाई कसरी लिनुहुन्छ ?

– अहिले आएका परिवर्तनलाई हामीले सकारात्मक पनि लिनुपर्ने हुन्छ। तर, जसले समाजमा विसंगति निम्त्याउँछ, त्यस्ता खाल परिवर्तनलाई हामीले स्वीकार गर्नुहुुँदैन।

कहिलेदेखि तीजको व्रत लिन सुरु गर्नुभयो ?

म चाहिँ विवाहपछि मात्रै तीजको व्रत बसेकी हुँ। विवाहअघि त्यति बस्दिनँथे। आमाले व्रत बसेको देख्थेँ, त्यत्ति हो। मेरो विवाह भएको २०४६ सालमा भएको हो। त्यसपछि यताको समय निरन्तर व्रत लिएकै छुु। तर, म निराहार व्रत बस्दैन। व्रतमा फलफूल र पानी खान्छुु।

तीजको बेला माइतीघर जानुहुन्छ ?

घरदेखि मेरो माइतीघरनजिकै भएकाले हरेक तीजमा माइतीघर जान्छुु। तीजको दिन आमा–बुवाले बोलाउनुुहुन्छ। त्यहीँ खानाहरु खाएर आउँछुु । दर चाहिँम आफ्नै घरमा खान्छु। मेरा बुवा–आमाले अहिले पनि तीजमा नयाँ लुगा हालिदिनुहुन्छ। सानोमा जे पनि रमाइलो लाग्थ्यो आफ्नो जिम्मेवारी अलि कम भएर पनि होला। जेहोस् त्यतिबेला मौलिक तीज हुन्थ्यो। अहिले अलि मौलिकता कम भएको हो किजस्तो लाग्छ। तथापि हामीले आफ्नो संस्कृतिको जर्गेना गर्नैपर्छ। 

बाल्यकाल कहाँ बित्यो ?

मेरो बाल्यकार झापाको दमकमा बितेको हो। जन्म चाहिँ जनकपुुरमा भएको हो। तर, गौरदह र भद्रपुुरमा पनि मेरो बाल्यकाल बित्यो। बाल्यकालमा तीजमा त्यतैको शिवालयमा जान्थ्यौँ आमाहरुको पछि लागेर। मेरो आमा शिक्षिका हुनुहुन्थ्यो। बुवा जिल्ला शिक्षा कार्यालयमा हुनुहुन्थ्यो। हामी चाहिँ ३ दिदीभाइ हो। म घरकी जेठी छोरी हो। म पछि एउटा भाइ र एउटा बहिनी छन्। 

बैंकिङमा महिलालाई कत्तिको चुनौती छ ? के भन्न चाहनुहुन्छ?

महिलाहरुलाई बैंकिङमा पक्कै पनि दुःख–संघर्ष हुन्छ। पारिवारिक, बच्चा अनि अफिस जागिरको प्रिप्रिरेसन धेरै संघर्षपूुर्ण नै छ। तथापि मेहनत गर्ने बानी हुने हो भने महिलाहरुले सफला हासिल गर्न सक्छन्। महिलाहरु बाहिर धेरै अलमलिने खालको हुुँदैनन्। त्यसैले महिलाहरुले पढाइसँगै मेहनत, धैर्यता, लगाव, अटुट परिश्रम गर्याे भने सफलता गर्न सक्छन्। 

महिलाले हरेक कुरा प्रमाणित गर्नुपर्छ। म क्यापेबल छु, यो गर्न सक्छु, म योग्य छुु भनेर प्रमाणित गर्नुपर्छ। जब कि पुरुषहरुलाई सुुरुमै अविश्वास गरिँदैन्। कुनै पनि काम गर्न सक्छ भनेर दिइहाल्छन्। अनि उसले गर्न सक्दैन भने मात्रै गर्ने नसक्ने रहेछ भनेर ठान्छन्। नत्र सुरुमै पुरुषलाई विश्वास गरिहाल्छन्। तर, महिलालाई सुरुमै विश्वास गर्न गाह्रो छ। गरेरै देखाउनुपर्यो। काम गरेर प्रमाणित भएपछि मात्रै विश्वास गर्छन्।    

डेपुुटी गर्भनरको जिम्मेवारीमा हुनुुुहन्छ। संघर्ष कस्तो रह्यो ?

म आफैँले पनि यो क्षेत्रमा धेरै संघर्ष गरेकी छु। मेरो आइकम विवाह पछाडि नै भएको हो। घरपरिवार बच्चासँगै अटुट संघर्ष, धैर्य, मेहनत, लथावकै कारण सफलता हासिल गरेको हो। यस्तोमा मुख्य रुपमा घरपरिवारको सहयोगको एकदमै आवश्यकता पर्छ। मलाई पनि घरपरिवारको सहयोग भएपछि सफलता हासिल भयो। म २०५४ मंसिर २२ गते नेपाल राष्ट्र बैंकमा अधिकृतका रुपमा प्रवेश गरेकी हुँ। त्यसपछि सबै प्रमोसनहरु लिखित परीक्षाबाट पास भएर अहिले यहाँसम्म आइपुगेकी छुु।

मेरा २ बालबच्चा छन्। पहिलो सन्तानका रुपमा छोरीको जन्म भयो। दोस्रो सन्तानका रुपमा छोराको जन्म भयो। छोरी हाल अमेरिका छन् भने छोरा बूढानीलकण्ठ स्कुलबाट ए लेबल गर्दैछ।  

तीजको सन्दर्भमा महिला दिदीबहिनीलाई के सन्देश दिन चाहनुहुन्छ?

महिला दिदीबहिनीलाई निराहार व्रत नबस्ने, आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने, आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर संघर्ष गरेर डटेर लाग्नुुपर्याे भनेर सन्देश दिन चाहन्छुु। कम खर्चिलो रुपमा आफ्नो हैसियतअनुसारको खर्च गरेर र संस्कृतिको जर्गेना गर्नेगरी नाचगान गरेर तीज मनाउनहोस् भन्न चाहन्छुु।