 
                     
                                
                             
                                    काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष बैठकले विश्वरभर हरेक १० जनामध्ये एकजनामा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरेको छ।
यो अनुमानसँगै बैठकका सहभागीहरुले विश्वको ठूलो जनसंख्या कोरोना संक्रमणको खतरामा रहेको निष्कर्ष पनि निकालेका छन्। हालसम्म विश्वका १५० भन्दा बढी मुलुकमा ३.५ करोड मानिस कोरोना संक्रमित भइसकेको पुष्टि भएको छ । यद्यपि डब्ल्यूएचओले संक्रमितको आँकडा ८० करोडसम्म पुग्ने अनुमान गरेको छ।
हाल विभिन्न देशहरुले आआफ्नो स्रोतसाधनबमोजिम संक्रमितको आँकडा सार्वजनिक गरिहेका छन् । तर वस्तविक तथ्यांक त्योभन्दा बढी हुन सक्ने डब्ल्यूएचओको ठहर छ।
डब्ल्यूएचओका आकस्मिक स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक माइक रयानले विश्वका १० प्रतिशत जनसंख्या कोरोना संक्रमणको चपेटमा आइसकेको अनुमान गरेका छन्। उनले भने, ‘देशअनुसार तथ्यांक फरक हुन सक्ला तर विश्वको ठूलो जनसंख्या अहिले कोरोनाको चपेटामा रहेकोमा दुईमत छैन।’
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यो भाइरसबाट हालसम्म १० लाख बढी मानिसको ज्यान गइसकेको छ । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित देशहरुमा अमेरिका, भारत र ब्राजिल रहेका छन्। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19