काठमाण्डौ । साताको धितोपत्र कारोबारको पहिलो दिन आइतबार बजारमा भारी अंकको करेक्सन आएको छ।
लगातार बढिरहेको बजारमा गत बिहीबारबाट करेक्सन आउने क्रमले आज पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक ५४.७५ अंकले घटेर २३७०.५४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंकले घटेर ४३२.३३ को विन्दुमा सीमित बनेको छ। आज कारोबार रकम पनि घटेर ८ अर्ब ९७ लाख रुपैयाँमा खुम्चिएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरेले आजको करेक्सन प्राकृति रहेको बताउँछन्। ‘अघिल्लो दुई साता बजारमा झन्डै ३०० अंकले बढिसकेको छ, त्यसैले आज ५० अंकको करेक्सन आउनु सामान्य हो’, उनल भने, ‘बजार २५०० को विन्दुमा पुगेपछि करेक्सन आउँछ भन्ने नै थियो तर बैंकहरुको रिपोर्ट सन्तोषजनक नआउँदा उक्त विन्दु चुम्नुअघि नै करेक्सन आयो तर यो सामान्य नै हो, आत्तिहाल्नुपर्ने अवस्था छैन।’
करेक्सन आए पनि कारोबार रकम ९ अर्ब आसपास हुनुले बजारको भविष्य उज्ज्वल नै रहेको प्रस्ट हुने घिमिरेको भनाइ छ। ‘अझै ३०–४० करेक्सन आउने सम्भावना छ तर बजार अब २१०० विन्दु मुनि जाने सम्भावना भने छँदैछैन’, उनले दाबी गर्दै भने।
ब्रोकरकोमा २५ प्रतिशत धरौटी अनिवार्य रुपमा राख्नुपर्ने कुराले बजार नघटेको उनको तर्क छ। ‘यो नियम त पहिले नै थियो नि’, उनले भने, ‘यसले बजार प्रभावित हुँदैन।’
सक्रिय लगानीकर्ता पीबी पोख्रेल अहिलेको बुलिस ट्रेन्डमा १००–१५० अंकको करेक्सन आउनु बजार माथि जाने राम्रो आधार बन्ने बताउँछन्। ‘अहिलेको करेक्सनलाई आधार मान्ने हो भने बजार ३६०० सम्म पुग्ने सम्भावना बढेको छ।’
अहिले चलेको ब्रोकरमा २५ प्रतिशत धरौटी राख्नैपर्ने नियमले बजार डामाडोल हुने भन्ने हल्लाको पछाडि नलाग्न अर्की सक्रिय लगानीकर्ता लक्ष्मी खड्का बताउँछिन्। अहिले सबै कुरा अनुकूल नै रहेको बजार पनि सकारात्मक ढंगले अगाडि बढ्नेको उनको दाबी छ।
आज नेप्से उसमूहमा रहेका १२ वटै समूहमा रातो पोतिएको छ। जीवन बीमा समूह सर्वाधिक ४६०.३७ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २६४.०४ अंकले घटेको आज बैंकिङ समूहमा ४२.०१ अंक, व्यापार समूहमा १९.९६ अंक, व्यापार समूहमा १९.९६ अंक, होटेल्स् समूहमा २३.०२ अंक, विकास बैंक समूहमा ५१.४६ अंक, जलविद्युत् समूहमा ३७.१२ अंक, वित्त समूहमा ५०.७२ अंक, उत्पादन तथ प्रशोधन समूहमा १३२.९५ अंक, अन्य समूहमा २५.५९ अंक, लघुवित्त समूहमा १२१.२३ अंक र म्युचुअल ०.०६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत २०६ कम्पनीका १ करोड ६२ लाख ७७ हजार २४६ कित्ता सेयर ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँमा कारोबार भएका छन्।
धेरै कमाउने र धेरै गुमाउने
आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ४३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिखर इन्स्योरेन्सको ३४ करोड ७९ लाख रुपैयाँको कारोबार भएको यो दिन प्रभु लाइफ इन्स्योरेन्सको ३१ करोड ८२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३० करोड ८७ लाख रुपैयाँ, नेपाल टेलिकमको ३० करोड ६२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २८ करोड ८३ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २३ करोड १३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड ७३ लाख रुपैयाँ, प्रभु बैंकको २१ करोड ६६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको छ। यो दिन सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।
यो दिन रिलायन्स फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago