काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि बजारमा दोहोरो अंकको करेक्सन आएको छ।
आज नेप्से परिसूचकमा २१.१६ अंकको करेक्सन आएको हो। योसँगै आज परिसूचक २५८६.५१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले ओरालो लागेर ४६७.९४ को विन्दुमा सीमित बनेको छ।
यो दिन साढे ८ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आजको दिनलाई बिरलै आउने विशेष अवसरका रुपमा चित्रण गर्छन्। ‘आज बजारको सुरुआती चरणदेखि नै सेयर खरिदको अवसर थियो’, उनले भने, ‘आज सेयर किन्नेले राम्रै कमाउने सम्भावना छ।’
आजको करेक्सनलाई प्राकृतिक बताउने घिमिरेले निफ्राको उच्च बिक्रीचापकै कारण आज बजारमा दबाब सिर्जना भएको बताए। ‘राजनीतिक परिघटनाले सेयर बजारलाई खासै दीर्घकालीन प्रभाव पार्दैन’, उनले भने, ‘यस्ता राजनीतिक घटनाक्रमले केही दिन बजार प्रभाव पारे भविष्यमा बजार झनै बढ्ने सम्भावना हुन्छ।’
बुलिस ट्रेन्डमा बजार १००–२०० अंकले घट्नु स्वाभाविकै रहेको घिमिरेको तर्क छ। ‘अल्पकालीन लगानीकर्ताले प्रफिट बुक गर्दा र निफ्रामा करेक्सन आउँदा आज बजार घटेको हो’, उनल भने, ‘बजारमा करेक्सन आउँदा सेयर खरिदको अवसर हुन्छ।’
सक्रिय लगानीकर्ता मनीष चुडाल बजार बुलिस ट्रेन्डमै रहेको सानातिना करेक्सन आउँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन्। ‘बजारमा एकाएक प्रधानमन्त्रीले संकटकाल लगाउन सक्ने हल्ला चल्यो, त्यसबाट साना र भर्खरै प्रवेश गरेका लगानीकर्ता आत्तिएर सेयर बेचेको देखिन्छ’, उनले भन, ‘तर आज ठूला र पुराना लगानीकर्ताहरु बजारको माहौल बुझेर ठूलो परिमाणमा सेयर किनेका छन्।’
बढ्दो बजारमा करेक्सन आउँदा सेयर खरिद गर्ने मौका हुने चुडालको तर्क। ‘जतिसुकै राजनीतिक अस्थिरता सिर्जना भए भने बजारलाई खासै प्रभाव पार्दैन’, उनले भने, ‘बजार अब बढ्ने नै हो।’
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा रातो पोतिएको छ भने एउटामा मात्रै हरियाली छाएको छ। आज व्यापार समूहमात्रै २६.७३ अंकले उकालो लागेको छ।
यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ९५.९९ अंकले ओरालो आएको छ। निर्जीवन बीमा समूह ५२.०४ अंकले घटेको यो दिन बैंकिङ समूहमा ७.७२ अंक, होटेल्स् समूहमा ३१.५८ अंक, विकास बैंक समूहमा ३०.२७ अंक, जलविद्युत् समूहमा १२.४७ अंक, वित्त समूहमा ७.०१ अंक, अन्य समूहमा ५१.११ अंक, लघुवित्त समूहमा ६.३२ अंक, जीवन बीमा समूहमा २०.२ अंक र म्युचुअल फन्ड समूहमा ०.१६ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०५ कम्पनीका १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वाधिक ७३ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्ला तामाकोशीको ४३ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३७ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३२ करोड ८० लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २९ करोड ६२ लाख रुपैयाँ, नेको इन्सुरेन्सको २७ करोड ४९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ५६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ, नेपाल बैंकको २४ करोड ६९ लाख रुपैयाँ र अपी पावरको २३ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। नेपाल फाइनान्स, अपी पावर कम्पनी, लिबर्टी इनर्जी र हिमालयन पावर पाटर्नरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
यो दिन निफ्राका सेयरधनीहरुले धेरै गुमाए। निफ्राको सेयरमूल्यमा १० प्रतिशतले घटेर नेगेटिभ सर्किट नै लाग्यो। यसअघि निफ्राको सेयरमूल्यमा लगातार ७ दिनसम्म पोजेटिभ सर्किट लागेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago