काठमाण्डौ । सेयर बजारमा हाइड्रो कम्पनीका सेयरमूल्यमा आज अभूतपूर्व उछाल आएको छ।
अधिक सेयरमूल्यमा उछाल आउने कम्पनीहरुमा आज अधिकांश हाइड्रोपावर कम्पनीले कब्जा जमाएको छ। हामीले यो समाचार तयार पार्दासम्म आजको नियमित समयमा भइरहेको सेयर कारोबारमा सर्वोत्कृष्ट १० कमाउने कम्पनीहरुमा एनआरआईसी (नेपाल पुनर्बीमा कम्पनी) बाहेक ९ वटा हाइड्रोपावर कम्पनीहरुले कब्जा जमाएका छन्। अरु १० कम्पनी पनि सर्वोत्कृष्ट २० भित्र परेका छन्।
पछिल्लो समय अरुण काबेली हाइड्रोपावर कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण लोभलाग्दो प्रदर्शन गरेपछि हिजोआज लगानीकर्ताहरु जलविद्युत् समूहमा सिफ्ट भएका छन्।
आखिर किन हाइड्रोमा यो बहार आयो त ? भन्ने जिज्ञासामा भेट्रान लगानीकर्ता अम्बिकाप्रसाद पौडेल कोभिड १९ का दौरान पनि सञ्चालनरत हुनु र मौसमले पनि साथ दिएपछि चौथो त्रैमासिक वित्तीय प्रतिवेदन निकै राम्रो आइरहेकोले हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा उछाल आइरहेको बताउँछन्। ‘हाइड्रोपावर कम्पनी लामो समयदेखि अलटाइम लो (न्यूनतम) मा थियो। हाइड्रोपावर कम्पनीमा राम्रा र नराम्रा दुवै खालका प्रमोटरहरु हुन्छन्। अनुभवी र प्राविधिक जानकार प्रमोटर पनि हाइड्रोपावर कम्पनीमा छन् तर हिजोका दिनमा बजारले सबैलाई एकै डालोमा हालेको थियो’, उनी भन्छन्, ‘राम्रा र अण्डरभ्यालुड सेयर बढ्नु स्वभाविक नै हो।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago