काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन नियमित सत्रदेखि नै उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।उक्त कम्पनीको सेयर कारोबार दोस्रो बजारमा गत असोज २४ गतेदेखि भएको थियो ।
त्यसयता यो कम्पनीको सेयर भाउ अंकित मूल्य ५० रुपैयाँबाट १५ गुणा बढिसकेको छ । यो दिन दोस्रो बजारमा कम्पनीको सेयर भाउ अधिकतम ७५० रुपैयाँमा करोबार भइरहेको छ।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकितमूल्यमा २९ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो। सर्वसाधारणमा जारी गरेको समेत गरी कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।
यो समाचार तयार पार्दाको समय १ : २० बजेसम्ममा खरिद अर्डर करिब २८ हजार छ भने बिक्री अर्डर शून्य छ। यो दिन हाथवेसहित बोटलर्स नेपाल बालाजु, मुक्तिनाथ कृषि कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
फेरि हाथवेतर्फ नै जाऔं । हाथवे कम्पनीको वित्तीय अवस्था केलाउँदा यो कम्पनी निक्कै कमजोर छ ।कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड रुपियाँ छ भने जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।
जगेडा कोष त बलियो देखिएपनि कम्पनीको अन्य वित्तीय विवरण भने खासै सन्तोषजनक छैन । कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २.७ रुपैयाँ छ भने बुक भ्यालु ८०.२४ रुपैयाँ मात्रै छ । कम्पनीको रिर्टन अन इक्विटी भने जम्मा ३.३७ प्रतिशत छ ।
तर कतिपय लगानीकर्ताहरुले यो कम्पनीलाई आजभोलि ‘हात्ती’ उपमा दिने गर्दछन् । किन भने दैनिक सेयरभाउ बढेका कारण कम्पनीको सेयरलाई हात्ती नामकरण गरिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको आपेनिङ रेन्जभित्र कम्पनीको सेयर प्रि–सेसनमा प्रतिकित्ता २८५.२० रुपैयाँमा कारोबार खुलेको थियो । नेप्सेले भने कम्पनीको सेयरलाई न्युनतम ९५.०९ रुपैयाँदेखि अधिकतममा २८५.२७ रुपैयाँ ओपनिङ रेन्ज दिएको थियो ।
यसअघि कम्पनीले आईपीओबाट संकलन हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँमध्ये ६ करोड जलविद्युत उत्पादन, प्रसारण तथा वितरण गर्ने कम्पनीहरुमा लगानी गर्ने बताएको थियो । कम्पनीको लगानीको प्रमुख हिस्सा भने सेयरमा छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19