 
                     
                                
                             
                                    काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले सर्वसाधारणका लागि जारी गरेको आईपीओ भोलि (असोज २ गते) बाँडफाँड गरिने भएको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ राखिएको छ।
कम्पनीले गत भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।
यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार अन्तिम दिनसम्म यो आईपीओमा १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.८७ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। भाग्यमानी १ लाखले २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानी आवेदकमध्ये थप ५ जनाले १–१ कित्ताका दरले सेयर पाउनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19