काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले साढे १४ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्ने भएको छ। 

कम्पनीले १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ। 

यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ। 

यस सम्बन्धमा आज ग्लोबल आइएमईको काठमाण्डौ नक्सालस्थित कार्यालय आयोजित एक कार्यक्रमबीच कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतापत्रमा हाथवे इन्भेस्टमेन्टका अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन्।