काठमाण्डौ । सोमबार नेप्से परिसूचक बढेको छ । यो दिन नेप्से परिसूचकमा ६.६७ अंकको बढोत्तरी भएको हो । 

नेप्से इण्डेक्स बढेर ११७७.४६ अंकमा पुगे पनि कारोबार रकममा भने सामान्य गिरावट आएको छ । 

यो दिन उत्पादनमूलक र अन्य समूह बाहेकका समूहको सूचक हराभरा भएका छन् । 

उत्पादनमूलक समूह १२.७६ अंकले घटेको यो दिन अन्य समूहमा ०.०४ अंकको झिनो गिरावट आयो । 

यो दिन बैंकिंग समूह ४.६४ अंकले बढ्यो भने विकास बैंक समूहमा ७.६४ अंक, जीवन बिमा समूहमा ९२.६९ अंक, निर्जीवन बिमा समूहमा ८२.८८ अंक, माइक्रोफाइनान्स समूहमा ११.५३, होटल समूहमा १७.६५, जलविद्युत समूहमा ५.३७ र बित्त समूहमा १.२ अंकको बढोत्तरी भयो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४८ कम्पनीका ९ लाख १४ हजार २ सय ३९ कित्ता सेयर ३० करोड १९ लाख ८७ हजार ६ सय १६ रुपैयाँमा किनबेच भएको छ। 

सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले ८ करोड ५९ लाख बढीको कारोबार गरेको छ । 

एनसीसी बैंकले १ करोड ६१ लाख, नागरिक लगानीकोषले १ करोड ५० लाख, नेपाल लाइफ इन्स्योरेन्सले पनि १ करोड ५० लाख, प्रभू बैंकले १ करोड ४७ लाख, प्रिमियर इन्स्योरेन्सले ७२ लाख,  प्रभू इन्स्योरेन्सले पनि ७२ लाख, एनआइसी एशिया बैंकले ६६ लाख, सानिमा बैंकले ६४ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सले ६१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हाथ्वे फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ६.६७ प्रतिशतले वृद्धि भयो । 

सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडका लगानीकर्ताले पनि ६.५२ प्रतिशतले सम्पत्ति बढाए ।

सबैभन्दा बढी गुमाउनेमा किसान माइक्रोफाइनान्स अगाडिदेखियो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।