काठमाण्डौ । यदि तपाई सफल हुनका लागि कुनै अचूक सूत्र होला र त्यसको मद्धतले रातारात सफल भइएला भन्ने सोचिरहनुभएको छ भने त्यो कोरा कल्पना मात्र हो । सफलताको कुनै पनि सर्टकर्ट हुँदैन, तर सफलताको सिक्रेट चाहि अवश्यक हुन्छ । रिचर्ड स्टेफेन जोनले सात वर्षको अवधिमा करिब ५ सय सफल व्यक्तिको अन्तर्वार्ता लिए र त्यसबाट सफल हुनेहरुको ८ सिक्रेट हालै पहिलोपटक सार्वजनिक गरे । बिजिनेश इन्साइडले  प्रकाशन गरेको एक एक्सक्लूसिभ रिपोर्टअनुसार उनले विश्वका सफल व्यक्तिहरुको ८ सिक्रेटको बिषयमा खुलेरै बताएका छन् । उनको अनुसन्धानमा सफल व्यक्तिको ८ सिक्रेट  के होलान् ? आउनुहोस्, हामी पनि जानौं :

दृढ बन्नुहोस्
सफलताको पहिलो सिक्रेट हो दृढता । तपाईभित्र दृढता हुन आवश्यक छ । विफल हुँदा समेत दृढ आएर आफ्नो काम वा उद्देश्य प्राप्तिमा लाग्नुभयो भने यसले तपाईलाई सफलताको ढोकासम्म पुर्याइदिन्छ । 

आइडिया
अरुको कुरा सुन्नु, अरुको राम्रो काम हेर्नु, उत्सुक हुनु, जिज्ञासाहरु राख्नु र सफल तथा नवीन सोंच भएका व्यक्तिसँगको कनेक्सनमा रहनु । यी सबै काम गर्दा तपाईंको दिमागमा नयाँ आइडिया फुर्न मद्धत मिल्छ । यसले तपाईंको काम गर्ने इच्छालाई समेत व्यापक बनाइदिनेछ । 

अरुलाई सहायता गर्नु
यदि तपाईमा करोडपति वा अर्बपति बन्ने चाहना छ भने त्यस्ता मानिसहरु अरुलाई मरिमेटेर सहयोग गर्न समेत तत्पर हुने गर्छन् । तपाईंले पनि अरुका लागि काम गर्नुपर्ने हुन्छ । किनकि यस्तै स्वभावका मान्छे नै करोडपति बन्छन् । 

आफैंलाई प्रेरित गर्नु
आफैंलाई मानसिक, शारीरिक र भावनात्मक रुपमा प्रेरित गर्नुहोस् । आफैंले आफैसँग कुनै गलत काम गर्दा शर्म अनुभव गर्ने वा आफैमाथि कहिलेकाही शंका गर्ने बानी पनि गर्नुपर्छ । सधैंभरि यो नसोच्नुहोस् कि तपाईं मात्र राम्रो र असल हुनुहुन्छ । 

फोकस
यता–उता ध्यान नदिनुहोस्, एकै चिजमा मात्र फोकस बनाइराख्नुहोस् । आफ्नो लक्ष्यमा अर्जुनदृष्टि लगाउनुहोस्, यसले तपाईंको जीवनलाई सहज र सफल बनाइदिन्छ । 

आफूलाई उत्तम बनाउनुहोस्
जे गर्नुहुन्छ त्यसमा श्रेष्ठ बन्नुहोस् । सफल बन्नका लागि आफ्नो काममा पूरा रुपमा डूब्नुपर्छ र त्यसमा तपाईं उत्कृष्ट बन्नुपर्छ । उत्कृष्ट बन्ने कुरा जादू होइन, लगातारको प्रयासले यो सफलता सहजै प्राप्त हुन्छ । 

काम गर्नुहोस्
तपाईंले काम गर्नुपर्छ । तपार्इं जतिबेला पनि बसेर सफलताको प्रतिक्षा गर्न सक्नुहुन्न । सफलताका लागि तपाईंले डटेर काम गर्नुपर्ने हुन्छ । तपाईभित्र आफ्नो कामप्रति लगाव छ भने सो काम गर्दा तपाईंलाई निकै मजा आउनेछ । तर, तपाईं यस्तो व्यक्ति चाहि बन्नुहुन्न, जसको केवल काम गर्ने मात्र बानी छ । 

लगाव
तपाईं पैसाका लागि मात्र नभई स्नेहका लागि पनि काम गर्नुहोस् । मायाका लागि समेत लगाव राख्नुहोस् । लगावलाई सन्तुलित बनाएर अगाडि बढ्नु भयो भने पैसाले नै तपाईंको ढोका ढकढक्याउनेछ । यो कुरा कयौं पटक नेपालकै सफल व्यवसायीले पनि भनिसकेका छन् ।