काठमाण्डौ । हालसम्मकै ठूलो नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओ माघ २ गतेदेखि निश्कासन हुने भएको छ ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आइपीओ माघ २ गतेदेखि निष्कासन हुने निश्चित भएको हो । 

यो बैंकको आइपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन मिल्नेछ । 

नेपाल इन्फ्रास्टक्चर बैंकको निष्कासन हुने ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता रु. १०० का दरले नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्रीप्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

सबैभन्दा ठूलो आकारको आइपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक संभावना छ । एक अध्ययनअनुसार धेरै आवेदन पर्दा पनि प्रति आवेदक ७० कित्तासम्म सेयर पाइने संभावना देखिएको छ । यसकारण न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने देखिन्छ ।