काठमाण्डौ । कोरोनाबाट थप ५० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांक देशभर ५० जनाको ज्यान गएको हो। योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५७९ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप ९ हजार १९६ जनामा कोरोना पुष्टि भएको छ। यो हालसम्मकै एक दिनको उच्च आँकडा हो।
मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ जनामा र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ।
यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका मात्रै ३ हजार ८९ जना, ललितपुरका ६४३ जना र भक्तपुरका ३७४ जना छन्। उपत्यकामा एकैदिन थपिएका संक्रमितको यो संख्या पनि हालसम्मकै उच्च हो।
पछिल्लो २४ घन्टामा थप २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ।
हाल देशभर ७८ हजार ६२९ जना सक्रिय संक्रमित रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago