काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशमा ६७१ संक्रमित थपिएका छन् । 

थपिएकामध्ये पुरुष ५९१ र महिला ८० रहेका छन् । योसहित देशमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक संक्रमित भेटिएका हुन् । 

यो दिन थप १९ संक्रमित निको भएर घर फर्किएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ११८६ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशका ७७ मध्ये ७४ जिल्लामा कोरोना भाइरसको बिस्तार भइसकेको छ । 

कहाँ कति थपिए ? 
मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमित थप भएका जिल्ला तथा संख्या यसप्रकार छ:

झापा २
मोरङ १
अछाम ४२ 
बैतडी २५ 
बाजुरा ४१ 
भक्तपुर ३ 
डडेलधुरा ८४ 
कैलाली २१
कपिलवस्तु १६
काठमाण्डौ २ जना
नुवाकोटका २ 
रौतहटका ३४
सर्लाही २
सिन्धुपाल्चोक १
ललितपुर १
नवलपरासी १
महोत्तरी १
सिन्धुली १ 
पर्वत ५ 
चितवन १
नवलपरासीपूर्व ३१
धनुषा २९ 
बाग्लुङ १
मनाङ १
स्याङ्जा ९ 
पर्वत ४
तनहुँ १५
गोर्खा ११ 
गुल्मी ३ 
कपिलवस्तु १
पाल्पा ६
रुपन्देही १२
रोल्पा १
नवलपरासी १ 
अर्घाखाँची ९७
बाँके ३
बर्दिया ३
कैलाली १
दैलेख १
दाङ ४
दैलेख ८६
सुर्खेत ३४ 
अछाम २
बझाङ २
कञ्चनपुर २
कैलाली २०
डोटी ५