काठमाण्डौ । स्थानीय तहको निर्वाचनअन्तर्गत बुधबार बिहान ४१० पालिकाको अन्तिम नतिजा परिणाम सार्वजनिक भएको छ। 

प्राप्त अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस १९१ पालिकामा विजयी हुँदै पहिलो स्थानमा रहेको छ। कांग्रेसले मेयरमा ५२ र अध्यक्षमा १३९ पालिका जितेको छ। अझै पनि ६३ स्थानमा मेयर र ४३ स्थानमा कांग्रेसका अध्यक्षका उम्मेदवारले अग्रता कायमै राखेका छन्। 

यस्तै एमालेले मेयर पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गरेको छ। त्यस्तै ४ मेयर र ३२ अध्यक्ष पदमा एमालेले अग्रता लिइरहेको छ। 

माओवादी केन्द्रले ९ मेयर र ७० अध्यक्ष पदमा विजय हासिल गरेको छ। अझै पनि १४ मेयर र १८ अध्यक्ष पदमा माओवादी केन्द्रले अग्रता लिइरहेको छ। 

एकीकृत समाजवादीले मेयर पदमा २ स्थानमा र अध्यक्ष पदमा ५ स्थानमा जित हासिल गरेको छ। समाजवादीले ५ स्थानमा मेयर पदमा र १४ स्थानमा अध्यक्ष पदमा अग्रता लिइरहेको छ। 

यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले मेयर पदमा र ११ अध्यक्ष पदमा जित निकालेका छन्।