काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापन सञ्चालन हुने ‘कुमारी इक्विटी फन्ड’ मा मंगलबार साँझसम्म ७० प्रतिशत इकाइ खरिदका लागि आवेदन परेको छ। 

क्यापिटलका अनुसार साँझ ५ बजेसम्म यो फन्डमा ६२ हजार ३५२ आवेदकबाट ४ करोड ४३ लाख ७६० इकाइका लागि माग परेको हो। 

रु. ८० करोडको १० वर्षे बन्दमुखी यस योजनाका रु. १० अंकित दरका कुल ८ करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाइ कोष प्रबद्र्धक कुमारी बैंकका लागि सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको छ। यस योजनाका इकाइमा आवेदन गर्नका लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीअन्तर्गत साथै मेरो सेयर अनलाइल प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। आवेदन गर्दा न्यूनतम १०० इकाइ र अधिकत ८० लाख इकाइसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।

कुमारी क्यापिटलले इक्रा नेपालबाट एएमसी ३ रेटिङ प्राप्त गरेको छ।