काठमाण्डौ।अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारतबाट थप दुई सय ५० मेगावाट विजुली दिन सहमत भएको छ ।
आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय विजुली आयात गरेर यसपालीको हिउँदयाममा सकेसम्म् लोडसेडिङ हुन नदिने विद्युत प्राधिकरणको योजना रहेको छ ।
भारतबाट हाल दुई सय ४८ मेगावाट बिजुली आयत भइरहेको छ । भारतीय सहमति कार्यान्वयन भएका पाँच सय मेगावाट बिजुली आयत हुनेछ ।
नेपाल र भारतका उर्जा अधिकारीबीच शनिबार नयाँ दिल्लीमा सम्पन्न सहमतिअनुसार भारतले तत्काल टनकपुरबाट तीस, यही साताभित्रै टनकपुरबाटै अर्को थप चालीस, ढल्केबरबाट थप असी, रक्सौल परवानीपुर र कटैया कुसाहाबाट पचार पचार गरी थप दुई यस पचार मेगावाट विद्युट दिन भारत सहमत भएको आजको अन्नपूर्णमा समाचार छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago