काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जर प्रयोजनका लागि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको हो। 

हिमालयन र इन्भेष्टमेन्टबीच हिजो बिहीबार मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। यी दुवै बैंक आपसमा बराबर सेयर स्वाप अनुपातमा गाभिने सम्झौता भएको छ।