काठमाण्डौ । हिमालयन एभरेस्ट इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

यो कम्पनीको कुल ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

यो कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।