 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि हिमालयन ब्रोकरेजमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ। यसका साथै हिमालयन ब्रोकरेजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवामार्फत गर्न सकिन्छ।
यस सम्झौताले लगानीकर्तालाई हिमालयन ब्रोकरेज (ब्रोकर नम्बर ६३)बाट गरेको सेयर खरिद–बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र हिमालयन ब्रोकरेजका अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन्।
हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले इसेवाबाट सेवा लिइरहेका छन्।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19