काठमाण्डौ । हिमालयन एभरेस्ट इन्स्योरेन्सको करिब साढे ६७ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। 

कम्पनीको संस्थापक सेयरधनी पृथ्वीबहादुर पाँडेको नाममा रहेको कुल ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। हाल यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

इच्छा संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई आवश्यक कागजपत्रसहित काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।