काठमाण्डौ । साताको तेस्रो दिन धितोपत्र दोस्रो बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रोमोटर सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको संस्थापक समूहको ७ करोड ५८ लाख  ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

कम्पनीको संस्थापक समूहको कुल १ लाख ६३ हजार ३६९ कित्ता सेयर खरिदबिक्री भएको छ । सबैभन्दा बढी ब्रोकर नं. ३५ कोहीनुर सेक्युरिटिज प्रा.लि.बाट १ लाख ५५ हजार ७८० कित्ता सेयर खरिदबिक्री भएको देखिएको छ । 

साढे एकलाख कित्ता सेयर कोहीनुर सेक्युरिटिजबाटै खरिदबिक्री भएको छ । यसर्थ सेयर म्याचिङका लागि आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूहको सेयर कारोबार भएको देखिएको हो । 

त्यस्तै, २ हजार २२० कित्ता सेयर पनि ४६५ रुपैयाँ सेयरभाउमा ब्रोकर नं.३५ बाटै खरिदबिक्री भएको देखिएको छ । 

यसैगरी, ३ हजार कित्ता सेयर ब्रोकर नं. ३५ बाट बिक्री भएको देखिएको छ, भने ब्रोकर नं. ४३ बाट खरिद भएको देखिएको छ।

त्यस्तै, एक हजार कित्ता सेयर बोकर नं. ३५ बाट बिक्री भएको छ, भने ब्रोकर नं. १९ बाट खरिद भएको छ । 

ब्रोकर नम्बर ३५ बाट बिक्री भएका सेयरमध्ये २७९ कित्ता सेयर ब्रोकर नं. १९ बाट, २०० कित्ता ब्रोकर नं. ३४, ७ सय कित्ता ब्रोकर नं. ११ बाट, २० कित्ता सेयर ब्रोकर नं. २० बाट, १४ कित्ता ब्रोकर नं. ६ बाट, ९६ कित्ता ब्रोकर नं. ४ बाट खरिद भएको नेप्सेको फ्लोरसिटमा देखिएको छ । 

त्यस्तै, ब्रोकर नं. २० बाट बिक्री भएका सेयरहरुमध्ये १० कित्ता ब्रोकर नं. २१, १० कित्ता ब्रोकर नं. ३९, २० कित्ता ब्रोकर नं. ४ बाट, १० कित्ता ब्रोकर नं. ४६ बाट र १० कित्ता ब्रोकर नं. ४ बाट खरिद भएको देखिएको छ। 

नेप्सेको फ्लोरसिटअनुसार एकलाख भन्दा बढी कित्ता सेयरहरु ब्रोकर नं. ३५ बाटै खरिद र बिक्री दुबै भएको देखिएको छ । 

स्रोतका अनुसार सो कम्पनीको एकैपटक ठूलो कित्ता कुनै प्रमोटर समूहले बिक्री गरेर अर्को कुनै समूहले उठाएको होइन । ‘ट्रेडेबल सेयर नै खरीदबिक्री भएको हो ।’ स्रोतले भन्यो–‘खरीदबिक्रीमा संलग्न लगानीकर्ता कुनै ग्रुपसँग आबद्ध नभई सामान्य लगानीकर्ता हुन् ।’ 

कम्पनीको सेयर न्यूनतम ४१२ रुपैयाँदेखि अधिकतम ४६४ रुपैयाँ सेयरभाउसम्म खरिदबिक्री भएको देखिएको छ । 

कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीमा संस्थापक सेयरधनीको कुल ५९ लाख ८४ हजार ८९६ कित्ता सेयर रहेको छ । जसमध्ये २६ लाख ७५ हजार ४४ कित्ता सेयर नेप्सेमा सूचीकृत रहेकोमा साढे एकलाख कित्ता सेयर खरिदबिक्री भएको देखिएको छ ।