काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरटेन्मेन्ट एन्ड टेक मिडियाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी असोज २७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ।
गत असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निणर्य गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित डुसुइट प्रिन्सेस होटेलमा दिउँसो ४ बजे हुनेछ। सभाले आईपीओ निष्कासन प्रस्तावसँगै बोनस सेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
यसैगरी सभाले गत आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिको विषय पनि पारित गर्नेछ।
मिडिया क्षेत्रअन्तर्गत यसअघि नेपाल रिपब्लिक मिडियाले आईपीओ निष्कासन गरिसकेको छ। त्यसैगरी कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19