काठमाण्डौ  । हिमालयन बैंक लिमिटेडले भूकम्प पीडितहरुलाई २१ लाख रुपैयाँ बराबरको राहत सामग्री खरिद गरि सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरुका लागि सो रकम बराबरको राहत सामग्री प्रदान गरेको हो ।

गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुममा ठूलो जीउ–धनको क्षति पुर्‍याएको भन्दै कम्पनीले विपद्को समयमा त्यसक्षेत्रका बासिन्दाहरुलाई सहयोग प्रदान गरेको हो ।

कम्पनीले पीडितहरुलाई सहयोग वा राहत होस् भन्ने  उद्देश्यले दाल, चामल, नून र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट र  रुकुम पश्चिमलाई हस्तान्तरण गरेको बताएको छ ।