काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २४ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ । आइतबार कम्पनीले जारी गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष ८ करोड ५ लाख  खुद नाफा आर्जन गरको कम्पनीले यस वर्षको त्रेस्रो त्रैमासमा ९ करोड ९९ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अधिकांश सूचक सकारात्मक देखिएको कम्पनीमा बीमा शुल्क आम्दानी भने कमजोर प्रस्तुत भएको छ । 

खुद मुनाफा आर्जनमा उत्साहजनक प्रगति देखिएको कम्पनीको बीमा शुल्क आम्दानीमा ब्रेक लागेको छ । गत वर्षको तेस्रो त्रेमासका तुलनामा कम्पनीको यस्तो आम्दानीमा करीव ७ प्रतिशतले गिरावट आएको देखिएको हो । गत वर्ष ८१ करोड १ लाख बीमाशूल्क आम्दानी गरको कम्पनीले यस वर्ष ७५ करोड ३२ लाख मात्र बीमाशुल्क आम्दानी गर्न सफल भएको हो । यो गत वर्षको भन्दा ५ करोड ६९ लाख कम हो । 

बीमा शुल्क आम्दानी कमजोर प्रस्तुत भएको देखिएको कम्पनीमा दावी भुक्तानी भने उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत वर्ष ५२ लाख ६५ हजार दावी भुक्तानी गरेको इन्स्योरेन्सले यस वर्ष २ करोड ७९ लाख दावीभुक्तानी गरेको छ । यो गत वर्षको भन्दा ४ सय ३० प्रतिशत बढी हो । 

चुक्ता पूँजी १ अर्ब २७ लाख रहेको कम्पनीमा बीमा समितिको कुनै दवाव छैन । समितिको निर्देशन अनुसार नन लाइफ इन्स्याेरेन्स कम्पनीले १ अर्ब मात्र चुक्ता पूँजी कायम गरे पुग्छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५० दशमलव ८४ रुपैयाँ कायम भएको छ ।