काठमाण्डौ । आकर्षक लाभांश प्रस्तावका कारण मालामाल हुने भएपछि हिमालयन डिस्टीलरीका लगानीकर्ताहरुले क्षणभरमै करोडौंले सम्पत्ति बढाएका छन् ।
हिमालयन डिस्टीलरीका लगानीकर्ताहरुले सोमबार बजार खुलेको केही समयमै ६४ करोड भन्दा बढी कमाएका हुन् ।
यो कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५ ७६ को नाफाबाट ५२.६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत गरी) र ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो ।
यो सूचना नेप्सेको वालमा आएलगत्तै कम्पनीको सेयर किन्न चाहनेको संख्या ह्वात्तै बढेको देखियो । बजार खुलेको केही बेरमा अधिक खरीद चापका कारण हिमालयन डिस्टीलरीको मूल्यमा १० प्रतिशतले वृद्धि भई पोजिटिभ सर्किट लाग्यो ।
सोमबार कारोबार सुरु हुनुअघिको हिमालयन डिस्टीलरीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य रु. १५५५ थियो । १० प्रतिशतको हाराहारीमा मूल्य बढ्दा लगानीकर्ताले क्षणभरमै प्रतिकित्ता १५५ रुपैयाँका दरले सम्पत्ति बढाए ।
यो कम्पनीको दोश्रो बजारमा ४१ लाख ३० हजार कित्ता सेयर सूचिकृत छ । यो हिसाबले लगानीकर्ताले क्षणभरमै ६४ करोड १ लाख ५० हजार रुपैयाँ कमाएका छन् ।
कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १७१० रुपैयाँको उचाईमा पुगेको छ ।
मार्केट डेप्थमा हिमालयन डिस्टीलरीको १२ हजार ७०२ कित्ता सेयर खरीदका लागि अर्डर पोस्ट भएको थियो । बिक्रीतर्फ कुनै अर्डर पोस्ट भएको थिएन । यसले बजारमा हिमालयन डिस्टीलरीको सेयर खरीद गर्न चाहने लगानीकर्ता मात्र छन् भन्ने देखाउँछ ।
सतप्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको, साधारणसभाको मिति तय गरी बुक क्लोज समेत तोकेकोले हिमालयन डिस्टीलरीका लगानीकर्ताले दोश्रो बजारबाटै अबका केही दिनसम्म पनि राम्रै गतिमा सम्पत्ति बढाउनसक्ने देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago