काठमाण्डौ । बोनस सेयरका लागि हिमालयन डिस्टिलरी लिमिटेडको र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आइतबार समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५० प्रतिशत बोनस सेयरका लागि हिमालयन डिस्टिलरी र २६.७५ प्रतिशतका लागि स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै हिमालयन डिस्टिलरीको प्रतिकित्ता १ हजार १६६.६७ रुपैयाँ र स्वरोजगार लघुवित्तको प्रतिकित्ता ४८१.२५ रुपैयाँ कायम गरेको छ । समायोजित मूल्यअनुसार नै आइतबार दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ ।

हिमालयन डिस्टिलरीको कात्तिक २४ गते बसेको संचालक समितिले आर्थिक वर्ष २०७५/७६ का लागि कम्पनीका सेयरधनीहरुलाई ५२.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) तथा चुक्तापूँजीको ५० प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको यिथो।

कर प्रयोजनका लागि छुट्याइएको नगद लाभांशलाई घटाएर हेर्दा कम्पनीले आफ्ना लगानीकर्तालाई सतप्रतिशत लाभांश वितरणको निर्णय गरेको देखिएको छ । यो निर्णयबाट लगानीकर्ता मालामाल हुनेछन् ।

कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्नका लागि आगामी पुस १ गते मंगलबारका दिन पर्साको वीरगञ्जमा १९ औं वार्षिक साधारणसभा बोलाउने निर्णय समेत भएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।
 

नगद लाभांश र बोनस सेयर प्रयोजनार्थ कम्पनीले आज मंसिर १५ गते आइतबारका दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । यसको अर्थ कम्पनीबाट घोषित बम्पर लाभांश सुरक्षित गर्न चाहनेले मंसिर १३ गते शुक्रबारभित्र यसको सेयर खरीद गरिसक्नुपर्नेछ ।

त्यस्तै स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २८.१५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांशमा चुक्ता पूँजी २६ करोड ९५ लाख १२ हजार २ सय १३ रुपैयाँको २६.७५ प्रतिशतले हुन आउने ७ करोड २० लाख ९९ हजार ९ सय ७ रुपैयाँ बराबरको बोनस सेयर र १.४० प्रतिशतले हुन आउने ३७ लाख ९४ हजार ७ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश (लाश कर प्रयोजनार्थ) रहेको छ ।

प्रस्तावित लाभांश संस्थाको यही मंसिर २८ गते ह्ने ११ औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ ।

साधारणसभा प्रयोजनार्थ आज मंसिर १५ गतेदेखि मंसिर २८ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ । यसको मतलब साधारणसभामा भाग लिन र प्रस्तावित लाभांशको हकदार बन्न मंसिर १३ गते श्क्रबारसम्म सो संस्थाको सेयरधनी कायम हुनुपर्नेछ ।