काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा डिस्टिलरीले गत वर्षको यही अवधिको तुलनामा ३६.७० प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिमा डिस्टिलरीले १८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा डिस्टिलरीले ४१ करोड ३३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्ष यही अवधिमा डिस्टिलरीले ३३ करोड ८६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमासमा डिस्टिलरीले १ अर्ब ८ करोड रुपैयाँ वस्तु (सामान) बिक्रीबाट कमाएको छ । गत वर्ष यही अवधिमा यो आम्दानी १ अर्ब १२ करोड रुपैयाँ थियो ।

डिस्टिलरीको चुक्तापुँजी ५७ करोड ८४ लाख रुपैयाँ रहेको छ भने रिभर्जमा ४६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

डिस्टिलरीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८७.८३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.१३ रहेको छ ।