काठमाण्डौ । चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर नेपाल-चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले बिहीबारदेखि काठमाण्डौ-छोङ्छिङ सीधा उडान सेवा शुरु गरेको छ । छोङ्छिङ जन गणतान्त्रिक चीनको एक मनोरम पर्यटकीय शहर हो ।
नेपालबाट छोङ्छिङ सिधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स नै पहिलो हवाई सेवा कम्पनी हो । सीधा हवाई सेवा शुरु भएसँगै आगामी दिनमा दुवै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ ।
गत अक्टोबर २०१९ मा काडमाण्डौ-बेइजिङ उडान थालेपछि हिमालय एअरलाइन्सले आक्रामक रुपमा चीनका अन्य शहरहरु गुयाङ, चाङ्सा र सेन्जेनमाएकपछि अर्को गर्दै आफ्नो सेवा अघि बढाइसकेको छ । काठमाण्डौ-छोङ्छिङ सीधा उडानबाट ब्यापारिक भिसामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिँंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको छ ।
त्रिभुवन विमानस्थलमा आयोजित एक बिशेष समारोहकाबीच रिबन काटेर नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाण्डौ-छोङ्छिङ सीधा उडानको बिहीबार औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ याङची, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनपोखरेललगायतको उपस्थिति थियो ।
काठमाण्डौ-छोङ्छिङ सीधा उडानअन्र्तगत पहिलो विमान एच९ ७८७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः४० बजे छोङ्छिङ जियाङ्बेइ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान स्थानीय समयअनुसार दिउँसो १५ः२६ बजे छोङ्छिङ चियाङ्पेइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।
त्यसैगरी छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आजै सोही विमान अपराह्न ५ बजे काठमाण्डौका लागि उड्ने र नेपालको समय अनुसार साँझ ७ः१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रारम्भिक प्रस्थान र दिउँसो उडान र अवतरण हुँदा यात्रुहरुलाई भ्रमणका क्रममा समय ब्यबस्थापन गर्न सहजता महसुस हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago