काठमाण्डौ । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौँ वर्ष प्रयास नेपालका बालबालिकालाई वर्षभरिको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।
नयाँ शैक्षिकसत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो। सन् २०१७ देखि हिमालय एअरलाइन्सको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैरसरकारी, गैरनाफामूलक र सामाजिक संस्था हो। विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामग्री, खाजा–नास्ता, खाद्यान्नका साथै कोभिड–१९ विरुद्धका सामग्रीको आपूर्तिमार्फत हिमालय एअरलाइन्सले निरन्तर सहयोग गर्दै आएको छ।
सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तीकरण कार्यक्रममार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बालबालिकाको रेखदेख गरिरहेको छ। यी बालबालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ। आजसम्म यी बालबालिकाले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत भएका छन। जसमध्ये कतिपय त थप अध्ययनका लागि विदेश समेत गएका छन्।
बालबालिकामा उड्डयन उद्योग, पेसा र व्यावसायिक पाठ्यक्रम आदिबारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान–प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो। यसक्रममा हिमालय एअरलाइन्सका जहाजका अनुभवी चालकदलले बालबालिकासँग अन्तरक्रिया गरेका थिए। उक्त सत्रको उद्देश्य यी बालबालिकामा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेसाका अवसरहरुबारे जानकारी गराउने थियो। कार्यक्रममा बालबालिकाले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए।
शैक्षिक सामग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेसनरी सामग्री समेटिएका थिए। एअरलाइन्सका तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्, ‘हाम्रा प्रमुख संस्थागत सामाजिक उत्तरदायित्वमध्ये समाज सेवा पनि एक हो। प्रयास नेपालसँगको हाम्रो ६ वर्ष लामो सहकार्यले हाम्रो उत्तरदायित्व पुष्टि गरेको छ। यो विशेष सहकार्य हरेक वर्ष अझ बलियो बन्दै गएको छ। प्रयास नेपालको १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी प्रयास नेपालका सम्पूर्ण टोली र बालबालिकालाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। विशेषतः हामी अत्यन्तै खुसी छौँ किनभने हामीले यस वर्ष युवा पुस्तालाई प्रेरित गर्ने र उनीहरुको भविष्य निर्माणका निम्ति असीमित सम्भावनाहरु खोज्न मद्दत गर्ने उद्देश्यका साथ हाम्रा नियमित सहयोगबाहेक आफ्ना ज्ञान र सीपहरु आदान प्रदान गर्ने शैक्षिक कार्यक्रमको आयोजना गर्ने प्रयास गर्न पायौँ।’
सहयोग सामाग्रीहरुको हस्तान्तरण काठमाण्डौमा एक विशेष कार्यक्रमका बीच वैशाख २७ गते सम्पन्न भएको हो।
सहयोग हस्तान्तरणका क्रममा प्रयास नेपालकी अध्यक्ष मणी जोशीले आवश्यक शैक्षिक सामग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रम निकै जानकारीमूलक भएको र तिनले बालबालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको बताइन्। ‘विगत केही वर्षदेखि हाम्रा साथमा रहेकोमा हिमालय परिवारलाई विशेष धन्यवाद दिँदै आगामी वर्षमा हिमालय एअरलाइन्सलाई ठूलो सफलताको कामना गर्दछौँ’, उनले भनिन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19