काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १३औँ र १४औँ वार्षिक साधारणसभा प्रयोजनका लागि तय गरिएको बुक क्लोज मिति सच्चाएको छ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा एकैपटक भदौ ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नक्सालस्थित लिसारा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
यो वार्षिक साधारणसभाका लागि कम्पनीले यसअघि साउन १९ गते बुक क्लोज गर्ने भन्दै सूचना प्रकाशित गरेको थियो। आज फेरि कम्पनीले अर्को एउटा सूचना जारी गर्दै टाइप गर्दा त्रुटि भएको भन्दै साउन २६ गते बुक क्लोज गरिने स्पष्ट पारेको छ।
यसअघि नेप्सेले बुक क्लोजको मिति तोकी समयमै जानकारी नगराएको भन्दै यो कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको थियो। कम्पनीले स्पष्टीकरण पठाएपछि हिजोबाट यो कम्पनीको सेयर कारोबार फुकुवा गरिएको थियो।
कम्पनीले आगामी सभाले हाल कायम चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हकप्रद जारीपछि चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सोही सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुबाट २ जना गरी ५ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago