काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले आज साउन २२ गतेबाट पौने १६ लाख बढी कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ।
कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यतिबेला कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख २० कित्ता हकप्रद बिक्री खुला गरेको थियो।
तोकिएको अवधिमा बिक्री हुन नसकेको सर्वसाधारण समूहको कुल १५ लाख ७७ हजार २११ कित्ता हकप्रद सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतमका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले काठमाण्डौको नयाँबानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी सनराइज बैंकका शाखाहरु क्रमशः विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।
खरिद आवेदन दिने अन्तिम मिति साउन २९ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19