काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा आज बुधबारबाट आवेदन खुला गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखाले प्रतिकित्ता १०० दरका  ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको बिक्री खुलाएको हो । यसमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् । 

आईपीओका निष्कासन बन्द हुने मिति छिटोमा असार २९ गते र ढिलामा साउन २४ गतेसम्म हुने कम्पनीले जनाएको छ । 

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।  

यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधारहरु जनाउने ‘केयर–एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ । 

कम्पनीले चुक्तापुँजीको ४८।७५ प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो ।

यसअघि कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । 

यो कम्पनीले ४।५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।