काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओ किन्न अब दुई दिनमात्र बाँकी रहेको छ ।
आईपीओ निष्कासनको २९ औँ दिनसम्म करिब ४१.०३ प्रतिशत बिक्री भएको छ । यो तथ्यांक साउन २२ गते बुधबारसम्मको हो ।
हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा करिब ७० हजार ७२३ आवेदकबाट ३० लाख ७४ हजार ७४० लाख कित्ता खरीदका लागि आवेदन बुधबार कार्यालय समयसम्म परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ ।
आईपीओका निष्कासन बन्द हुने मिति छिटोमा असार २९ गते र ढिलामा साउन २४ गतेसम्म हुने भनिएको थियो । तर असार २९ गतेसम्म आईपीओ पूर्ण रुपमा बिक्री हुन नसकेपछि साउन २४ गतेसम्म समय थप गरिएको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखाले प्रतिकित्ता रु. १०० दरका ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको गत असार २५ गतेदेखि प्राथमिक निश्कासन गरेको हो ।
यसमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।
यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधारहरु जनाउने ‘केयर–एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ ।
यसअघि कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
यो कम्पनीले ४.५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago