 
                     
                                
                             
                                    काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको जारी गरेको आईपीओमा पूरै खरिद आवेदन नपरेपछि आज आइतबारदेखि संस्थापक र सञ्चालकका लागि आवेदन खुला गरिएको छ ।
कम्पनीको गत असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा खरिद आवेदन दिने खुला गरेको थियो । जसअनुसार साउन २४ गते शुक्रबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर सम्पूर्ण सेयरका लागि आवेदन प्राप्त नभएपछि कम्पनीले संस्थापक सेयरधनी, सञ्चालक वा निजहरुका एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीषक, कम्पनी सचिवा वा कम्पनीको व्इवस्थापन तथा लेखासम्बनधी कार्यमा प्रत्यक्ष रुपले संलगन व्यक्तिहरुका लागि साउन २८ गतेसम्मका लागि आवेदन खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखाले प्रतिकित्ता रु। १०० दरका ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको हो । यसमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।
यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधारहरु जनाउने ‘केयर–एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ ।
यसअघि कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
यो कम्पनीले ४.५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19