काठमाण्डौ । हिम स्टार ऊर्जा कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

हिम स्टारले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निष्कासनको अनुमति माग्दै निवेदन दिएर आईपीओ ल्याउन प्रक्रिया अगाडि बढाएको हो। 

सेबोनले अनुमति दिएमा हिम स्टारले ११ करोड १९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। 

हिम स्टारको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।