सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्।
रावल १८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११९५ मत ल्याए।
कांग्रेस र माओवादीको गठबन्धन रहेको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह १८७२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत ल्याए।
यहाँ नेकपा एमाले र नेकपा एसबीच गठबन्धन थियो।
वडा नम्बर १ र २ मा मा कांग्रेसका जयबहादुर शाही र चन्द्र रावल वडाध्यक्षमा निर्वाचित भएका छन्। ३ मा माओवादीका च्याँगा बोहरा निर्वाचित भए।
४ मा कांग्रेसका रंगमति शाही (निर्विरोध) हुँदा ५ मा कांग्रेसका भरतजंग शाही निर्वाचित भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19