काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले हेफर नेपालसँगको सहकार्य तथा सम्बन्धित स्थानीय तहहरुसँगको समन्वयनमा गुल्मी जिल्लाका इस्मा, मालिका, मुसीकोटलगायतका स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ।

ती कार्यक्रममा सोही भूभागमा बसोबास गर्ने विभिन्न पेसा तथा स्थानीयस्तरका सहकारीहरुमा आबद्ध महिलाहरुको उपस्थिति थियो। ग्रामीण भूभागमा बसोबास गर्नेहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता थियो। 

बैंक र हेफरको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलीप पोखरेलद्वारा सहभागीहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामग्रीसहित जानकारी दिए। 

यसका साथै हेफर नेपालका प्रतिनिधिहरुले ग्रामीण भूभागमा बैंक र बैंकिङ क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसमा भएको सकारात्मक प्रभावका बारेमा जानकारी दिए। 

बैंकले ९७ शाखा कार्यालय, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।