काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षाभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ। 

नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुगेको कारणले सामाजिक सुरक्षा भत्ता लिनका लागि वृद्ध तथा अन्य सबैले दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्दछ। यही कष्टलाई मध्यनजर गर्दै कुमारी बैंकले जेठ ३ गतेका दिन काठमाण्डौदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षाभत्ता पुर्याउने कार्य सम्पन्न गरेको हो। 

कुमारी बैंकले चुमनुब्री गाउँपालिकामा आफ्ना ग्राहकका लागि चौर्तफी रुपमा सेवा–सुविधा पुर्याउने कार्यलाई निरन्तरता दिनेकोे प्रतिबद्दता जनाएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले गरेको छ।