काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकोप्टर चार्टर गरेर वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ।
नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन। जसका कारणले ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि २ दिनदेखि ३ दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंकले काठमाण्डौदेखि चुम्नुब्रीसम्म हेलिकोप्टर चार्टर गरी वृद्धभत्ता पुर्याउने कार्य सम्पन्न गरेको हो। यही वैशाख १५ गतेका दिन कुमारी बैंकका व्यापार समन्वय विभागका प्रमुख रोहित सिंहको नेतृत्वमा गएको तीनजनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्याउने कार्य गरेको थियोे।
चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा सिंहले भने, ‘हाम्रा ग्राहकका लागि हामीले चौतर्फी रुपमा सेवा–सुविधा पुगोस् भनीे यो कार्यक्रम आयोजना गरेका हौँ। आगामी दिनमा यसरी सहयोग पुर्याउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने छौँ।’
आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago